जनकपुरधाम,

धनुषाको बटेश्वर गाउँपालिकाले गाउँपालिका अन्तर्गतको कार्यालयहरुमा कार्यरत रहेका करार र दैनिक ज्यालादारीका कर्मचारीलाई हाजिरी नगराउने भएको छ ।

 

गाउँपालिका अध्यक्ष रामअशिष महतोले बुधवार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षदेखि करार र दैनिक ज्यालादारीका कर्मचारीहरुको म्याद थप नहुने जनाएका हुन् ।

गाउँपालिकाको मंगलबारको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालय लगायतमा कार्यरत्त रहेका कर्मचारीको म्याद थप र हाजिरी नगराइने निर्णय भएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।