एजेन्सी । श्रीलंकामा राष्ट्रपति भवनभित्र पैसा गनिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौं रुपैयाँ फेला पारेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् । श्रीलंकाली सञ्चार माध्यम डेली मिररले उल्लेख गरेअनुसार, उक्त भिडियो श्रीलंकाको राष्ट्रपति भवनभित्रको हो ।

पैसा गन्नेहरू प्रदर्शनकारी हुन् । देश आर्थिक संकटमा परेपछि आक्रोशित श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी भवन र प्रधानमन्त्री रणिल विक्रमासिंघेको निजी निवासमा कब्जा जमाएका थिए ।