सप्तरी :      सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अत्यधिक गर्मी बढेका कारण सात÷आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा मंगलबार दिउँसो नुहाउन गएका थिए ।

सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ ।

सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।