जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा समाजसेवी प्रमोद यादवले आफ्नो जन्मदिन मनाएको हो।

निरन्तर समाजसेवामा सक्रिय रहदै आएको यादवले जनकपुरधाम उपमहानगर पालिका वडा नं. ८ मा जानकी वृद्धा आश्रममा गएर वृद्धाहरु सँग आफनो जन्मदिन मनाइएको स्थानिय ई.विशाल यादवले जानकारी दिए ।

जन्मदिन सबैले मनाउने गर्छ तर यादवले निरन्तर समाजसेवामा लागेको हुदाँ अलि फरक तरिका बाट २८ जना वृद्धालाई मिष्ठान भोजन गराएर आफनो जन्म दिन मनाएको स्थानिय यादवले बताए ।

यादवले आफनो जन्मदिन वृद्धाहरु सँग मनाउने निर्णय गरी जन्म दिन मनाएर उदाहरणीय तथा सराहणीय कार्र्य गरेको स्थानिय यादवले बताए ।

यस वर्ष वृद्धाहरुलाई मिष्ठान भोजन गराएर यादवले जन्मदिन मनाए पनि अब हरेक वर्ष केहि नयाँ तथा समाजिक कार्य गरेर जन्मदिन मनाउने यादवले उदघोष समेत गरेको छ ।

यादव यस अघि नेपालको विभिन्न जिल्लामा विभिन्न किसिमको समाजिक कार्यहरु गर्दै आएकी छन ।