जनकपुरधाम, श्रावण ७ ।  रामायणकालिन जिवन्त अवशेष धनुषाधाम का ऐतिहासिक धनुष मन्दिर र वाणगंगा नदी संरक्षण अभियान थालिएको छ।

ऐतिहासिक वाणगंगा संरक्षण अभियान अन्तर्गत ६ औं हप्ता सफाई अभियानमा स्वच्छता अभियन्ता प्रदेश सांसद रामअशिष यादव, वाणगंगा नदी सफाई अभियान के संयोजक प्रमोद कुमार यादब, जसपा नेता विनोद यादव, स्वच्छता अभियन्ता द्वय अम्भु प्रसाद साह, कृष्ण दिक्षित, वाणगंगा नदी सफाई अभियन्ता पत्रकार मुकेश ठाकुर, भुषण यादव सहित स्थानीय युवा व्यवसायी, महिलाहरूको सहभागिता रहेका छन्।

सफाई अभियानको क्रममा धनुषाधाम संरक्षित वनमा वृक्षारोपण पनि गरिएको छ।

धनुषाधामको धार्मिक,सांस्कृतिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न समृद्धि र अतित को अदभुत प्रतिक ऐतिहासिक धनुष मन्दिर, वाणगंगा नदी र धनुषाधाम जंगल को संरक्षण हुनु अति आवश्यक रहेको कुरा पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले बताए का छन्।