जनकपुरधाम : प्रतिनिधिसभाले २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरिएको छ ।

संविधान जारी भएपछि त्यस अनुसार नागरिकता कानून संशोधन नभएका कारण नागरिकता पाउन बञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विधेयक पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानून कार्यान्वयनमा आउने छ ।

त्यसकै खुशियाली धनुषाको लक्ष्मीनियाँ गाउँपालिका नेपाली काङ्ग्रेसको सरकार हुँदा  नागरिकता विधेयक पारित भएकोमा लक्ष्मीनिया गाउँपालिकामा ने.काद्वारा  खुशीयाली मानाइदै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।

कांतरुन दलका गाउँपालिका अध्यक्ष  देवेन्द्र यादबको  सक्रियतामा  नेपाल तरुण दलले गाउँपालिकाको अवस्थित लक्ष्मीनियाँ बजारमा दिप प्रज्वलन गरेका थिए ।

कार्य्रक्रममा बोल्ने वक्ताहरुले स्थापना दिवसको अवसरमा शुभकामना दिदै ‘पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्ने बताएका छन् ।

उक्त कार्यक्रम तरुणदल गाउँपालिका अध्यक्ष यादवको  अध्यक्षता र तरुन दलका  जिल्ला सदस्य तथा युवा नेता;- राम्गुन यादब ,रमेश चौधरी, वडा सभापति  शिवशंकर  झा, रामौदगार यादब, शुभनारयान यादब, सत्यदेव यादब

यता लक्ष्मीनिया गाउँपालिका नेपाली  काङ्ग्रेसबाट  सहभागी हुनेमा  सुदिप राउत, राजदेव यादब, नथुनी यदब, कपली यादब,हकिम कवाडी, भरोसी यादब, उदितनारायण यादब लगायतका उपस्थिति दिप प्रज्वलन कार्यक्रम  सम्पन्न भएको थियो ।