घरयासी झगडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। श्रीमतीको हत्या गरेर भाग्न खोज्दा लडेर श्रीमानको पनि ज्यान गएको छ । भरतपुर महानगरपालिका–१० रमाइलो चोकका ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरयासी विवादमा श्रीमतीको हत्या गरेका हन् । उनले ३५ वर्षीया श्रीमती रुश्मा आचार्यको हत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा आचार्यले घरायसी विवादमा श्रीमती रुश्मालाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएर घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको छ ।श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा रातिनै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ