जनकपुरधाम, साउन ९  । न्यूरो सम्बन्धी क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमाको मधेश प्रदेशमै पहिलो पटक शल्यक्रिया गरिएको छ ।

मधेश प्रदेशमा एकमात्र न्यूरो हस्पीटलको रुपमा रहेको जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टरले दुर्घटनामा घाइते भएका महोत्तरी जिल्ला बलवा नगरपालिका १० परौल थानका २२ वर्षिय अनितेश यादवको क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमा सम्बन्धी सफल शल्यक्रिया गरेको हो ।

हस्पीटलका न्यूरो सर्जन स्पेलिस्ट डा. विजयकुमार नेतृत्वको चिकित्सक टोलीले गत साउन २ गतेका दिन क्रिटिकल अवस्थामा रहेका अनितेशको क्रानियोटोमीको सफल शल्यक्रिया गरेर ज्यान जोगाउन सफल भएका हुन ।

डा. राउतले भने दुर्घटना पश्चात जनकपुरधामकै एक स्थानीय अस्पतालले कयौं दिन भर्ना गरेर रोकेर राखेका थिए, बिरामीको अवस्था अन्तिम अवस्थामा पुगेपछि रेफर गरिदियो । जुन अवस्थामा बिरामीलाई यहाँ ल्याइयो, विराटनगर वा काठमाडौ लग्थ्यो भने बाच्न सक्ने अवस्था थिएन । तर समयमै यहाँ ल्याइएपछि हामीले त्यसको ज्यान जोगाउन सफल भयौं ।

घटना बारे बिरामी अनितेशका बुवा परशुराम यादवले भने यहाँका एक अस्पतालले इलाज गरिदिन्छु भनी हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गरायो, अन्त्यमा सिटिस्कैन गर्दा यहाँ उपचार हुदैन भनी चाँडै लग्नु भनेर रेफर गरिदियो । त्यस बेला हतोत्साहित भएर विराटनगरतिर लाग्न खोजेका थियौं तर एम्बुलेन्स चालकको सुझावमा यस हस्पीटलमा ल्याएपछि मेरो छोराको ज्यान जोगिएको छ ।

यसअघिसम्म मधेश प्रदेशमा न्यूरो सम्बन्धी छुट्टै अस्पताल छैन । जनकपुरधाम र विरगंजमा केही निजी अस्पतालले सामान्य चेकजाँचका लागि विराटनगर, धरान र काठामाडौबाट सेवा दिदै आएका छन । जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल न्यूरो सम्बन्धी पहिलो हस्पीटल हो ।

सो अस्पतालमा शरीरका विभिन्न भागका प्लास्टिक एवं कस्टेमिक सर्जर लगायत अन्य सर्जन तथा रोगहरुका उपचार सेवा समेत पुरयाउंदै आएको छ । नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन ।

सो हस्पीटलमा नसा च्यापिएको, हातखुट्टा झमझमाउने, टाउको दुखेको, मिर्गी, टाउको भित्र रगत जमेको, पारालाईसिस, ब्रेण्डटयूमर लगायत नसा सम्बन्धी न्यूरोको अन्य रोगहरुको स्पेलिस्ट चिकित्सकहरुद्वारा उपचार सेवा दिइदै आएको हस्पीटलका बजार व्यवस्थापक संजय मण्डलले जानकारी दिएका छन ।