जनकपुरधाम : धनुषाको लक्ष्मीनिया बाजार अवस्थित लक्ष्मीनिया माई मन्दिरहरुमा अज्ञात समूह द्वारा चोरी भएको हो ।

यसैक्रममा धनुषाको लक्ष्मीनिया गाउँपालिका-०७ स्थित लक्ष्मीनिया माइ मन्दिरमा राती १२ देखि ४ बजे समयको  बिचमा चोरी भएको बुझिन्छ। चोरी गर्नेहरु समुहमा रहेको देखिन्छ।

चोरीमा प्रयोग गरेको ताला तोडन औजार भेटिएको छ।

मन्दिरको मुखय द्वार तोडेर भित्रको घण्टी र दानपेटीका ताला फोडी समेत रकम चोरेको छ।

साथै लक्ष्मीनिया माई प्राङ्गण स्थित स्टोर रुमको पनि ताला तोडेर भित्र रहेको दराज र पेटीका तोडि चोरी भएको स्पष्ट छ।

चोरलाई प्रहरीले  खोज्न प्रयासरत   छ। थप विवरण आउन बाकी रहेको लक्ष्मीनिया प्रहरीले जनाएको छ।