जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका -७ खाद संस्था नजिक रहेको अवस्थित एक पसलमा आगलागी भएको छ ।

सोमबार राति १० बजे आगलागी भएको छ । गाउँपालिका -७ का नेकपा एमालेका जिल्ला कमिटि सदस्य झुझारु नेता गनौरा राउतको पसलमा आगलगी भएको हो ।

यो आगलागी होईन यो यहाँका स्थानीय नै छ जुन मेरो राजनीति र मेरो उचाई हेरेर मात्रै रिसिभीका कारण आगी लागाएका छन् ।

आगलागीबाट लत्ताकपडा, गुटका, चायपति , चिनी लगायतका समानहरु जलेर नस्ट भएका पसलका संचालक राउतले बताए ।
त्यस्तै युरिया र मटिया मलखाद्य नलामा फालेको अवस्थामा थियो । समान गरी २० हजार बराबरको क्षति भएको पिडितले बताएका छन् ।

यस बारे जिल्ला प्रहरीका वडा कार्यालय मुजेलियाले टिपोट गरेर जादा पनि अहिलेसम्म केही फरक नपरेको वडा अध्यक्ष गंगा साहले जानकारी दिए ।