चुरे अभियानद्वारा २० गते चुडी आन्दोलन गर्ने घोषणा

अभियानले बुधवार जनकपुरमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको कार्यक्रम घोषणा गरेको हो ।

अभियानका संयोजक सुनिल यादवले लामो समयदेखि आन्दोलन गर्दै आए पनि सरकारले कुनै सुनुवाई नगरेपछि वाध्य भएर दोस्रो चरणको दबाबमूलक कार्यक्रम गर्न लागेको बताए ।

संयोजक यादवले दोस्रो चरणको कार्यक्रम अन्तर्गत साउन २० गते शुक्रवार चुडी आन्दोलन गर्ने बताए ।

लामो समयदेखि आन्दोलन गरेपनि मन्त्रीहरु मन्त्रालयबाट वाहिर आउन नसकेकोले मन्त्रीहरुलाई चुडी,साडी,व्लाउज र पेटिकोट प्रदान गर्ने कार्यक्रम रहेको बताए । त्यसैगरी साउन २२ गते बच्चाहरुलाई राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरिने कार्यक्रम रहेको उनले बताए ।

भूमिहीन, सुकुम्वासीहरुका बच्चाहरुको भविष्य अन्धकारमा रहेकोले पनि सरकारले उनीहरुको समस्या सम्बोधन गर्न नसकेकोले बच्चालाई राखेर आन्दोलन गर्ने उनले जानकारी दिए । विगतमा  मधेश प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै अभियानीहरुले चरणवद्ध कार्यक्रम गर्दै आएका छन् ।


टिप्पणी दिनुहोस्

सम्बन्धित समाचार