जनकपुरधाम : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणाको तयारी भइसकेको छ । सो अवस्थामा निर्वाचनको चर्चा पनि चुलिन थालेको छ । मधेश प्रदेशमामा पनि निर्वाचनको चर्चा सुरु भइसकेको छ । दलहरु निर्वाचनको एजेण्डा तय गर्न केन्द्रित भएका छन् भने संघ तथा प्रदेशको चुनाव मिति आजनै दलका नेताहरु उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै आफ्नो तर्फबाट तयारीमा जुटिसकेका छन् ।

यसै सन्दर्भमा प्रदेशसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ ‘ख’ लाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यी हुन्  उम्मेदवार

धनुषा क्षेत्र नम्बर २(ख) बाट प्रदेश सभा सदस्यमा लोसपाका प्रदेश सदस्य महाशंकर ठाकुरको उम्मेदवारीको प्रवल सम्भावना लोसपाका मधेश प्रदेश समिति सदस्य एवम्  मधेश आन्दोलनकारी महाशंकर ठाकुरको चर्चा रहेको हुनाले यसका साथ उठ्न थालेका छन् ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावमा धनुषा निर्बाचन क्षेत्र नम्बर २(ख) बाट  प्रथम मधेश आन्दोलन २०६३ को

अग्रपङ्क्तिमा रहेर काम गरेका ठाकुर मधेशी जनताको भावनालाई सधै बुलान्दका साठ आवाज उठाउँदै आएका छन्।

स्थानीयहेरुको भनाइ अनुसार ठाकुर मधेश आन्दोलनको मूल मर्म बुझेको र मुद्दा प्रति समर्पित रहेको तथा जस्तो सुकै अवस्थामा प्रस्ट  क्ताको छबी रहेको हुँदा उनलाइ  सहयोग गरिने शहिदनगर नगरपालिका स्थानीय राजेन्द्र मण्डलले बताए ।

त्यस्तै विदेह नगर नगरपालिका समाज सेवी एवंम्  राजनीतिकर्मी सदिक नदाफ भन्छन, महाशंकर ठाकुरको बिकल्प छैन ,अतिनै पछारी  पारिएको यस क्षेत्रलाई जनताको सेवकको रुपमा देख्न हामी आतुर छौ’ यस क्षेत्रमा बढेको भ्रस्टाचार रोक्न उनी  पूर्ण सक्षम हुनुहुन्छ क्रान्तिकारी स्वभाबको हुनुहुन्छ त्यसकारण उनलाई भरपुर सहयोग गर्न तयार छौ।

बिकास को नाउमा भ्रस्टाचारी को बिग बिगी बढेको छ त्यसकारण ठाकुर जस्तो नेता लाई जनताले पूर्ण सहयोग गरिने बिश्वास व्यक्त गरे ।

हाल क्षेत्र नम्बर २ मा  लाेसपाका प्रतिनिधि सभामा लोसपाका उमाशंकर अरगरिया छन् भने प्रदेश सभामा जसपाका राम आशिष यादब छन्  ।

प्रदेश सभा सदस्यको कामबाट जनताहरु सन्तुस्ट नरहेको जानकारहरु बताउछन् ,

यस सन्दर्भमा महाशंकर ठाकुरसंग कुरा गर्दा ठाकुरले भने  जनताहरुको स्नेह प्राप्त हुँदैछ विभिन्न किसिमका प्रेसर समेत गाउँ गाउँबाट आईरहेको छ चुनाब लड्न यो मेरो जिवनको ठुलो सफलता हो तर पार्टीमा अहिले उम्मेदबारको टुंगो लागिनसकेको अबस्था छ पार्टीले टिकट दिए चुनाब लड्छु जनताको माया प्रेम मसंग असाध्य छ ।

निरन्तर जनताको सुख दुखमा साथ छु त्यसकारण प्रदेश भित्र भ्रस्टाचार शुन्य गर्न ,विकासको लहर ल्याउन ,बिद्यालयको शैक्षिक स्तर सुधार,प्रदेश भरी वाइफाई जुन,स्वास्थको दयनीय अवस्थामा सुधार ल्याउन ,बेरोजगार युवा युवतीलाई रोजगारीको अवसर प्रदान गर्ने साेचका साथ अगाडि बढ्नेछु ।

उधोगको स्थापना गर्न लक्ष्यसहित कम्तिमा ५ सय जनालाइ रोजगारीको वातारण  बनाउन चुनाबमा जान्छु जनताको माया स्नेह मसंग छ चुनाब जित्ने विस्वास दिलाउछु भन्ने बताए ।