जनकपुरधाम । मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बहुसंख्यक बर्ग र समुदायको समुचित उत्थान विना देश र मधेशको समृद्वि असम्भव रहेको बताएका छन् ।

जनकपुरधाममा पिछडावर्ग ओबिसी महासंघले आयोजना गरेको पिछडावर्ग जिल्ला सम्मेलनमा मंत्री साहले मधेश प्रदेशको आधा भन्दा बढी जनसंख्या पिछडावर्गको रहेकाले ओबिसीको उत्थान र विकास बिना मधेशको विकास हुन नसक्ने बताए ।

पिछडिएका समाज र वर्गले देशमा आमूल परिवर्तन पछि पनि परिवर्तनको महसुस गर्न नसकेको र अझै पनि पिछडावर्गको राजनीतिक पहुँच जनसंख्याको आधारमा हुन नसकेको बताउदै वक्ताहरुले पिछडा वर्ग सशक्त भएर संगठित हुन आवयश्क रहेको बताए ।

कार्यक्रममा भारतबाट आएका पिछडावर्गका अभियानी मोतीलाल शास्त्रीले भारतमा अंग्रेजहरुको पालामा सन १९३१ मा पनि जातीय जनगणना हुँदा पिछडावर्गको जनसंख्या ५४ प्रतिशत रहेपनि शासन र प्रशासनमा कथित उच्च भनिने जातीहरुको बोलबाला रहेको स्मरण गराउँदै पिछडावर्गको सशक्त आन्दोलनले मात्र परिवतर्न सम्भव हुने बताए ।

सो कार्यक्रममा महासंघ धनुषाका अध्यक्ष परमेश्वर कापडीको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, व्यवसायी पवन ठाकुर, रौनियार सेवा समिति जनकपुरधामका अध्यक्ष रामप्रताप साह, वैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, कविर बालआश्रमका सञ्चालक सन्त आलोक सहित पिछडा वर्ग अभियानीहरुको सहभागिता रहेको थियो ।