जनकपुरधाम : जनकपुरधामको शिवचोकस्थित शिव मन्दिर अगाडि साउन महिनाको प्रत्येक सोमबार मेहदी लगाउनेको भीड लागेको हुन्छ । साउन महिनामा विशेषगरी महिलाले मेहदी लगाउने परम्परा रहि आएको छ।

साउन महिना लाग्ने वित्तिक्कै महिलामा एक खालको उत्साह देखिन्छ। हरियो र पहेँलो चुरा, त्यसै अनुसारको हरियो, पहेँलो र रातो रङको पहिरन र साथमा प्रत्येकको हत्केलामा मेहदीले बनाइएका विभिन्न खालका बुट्टा हुन्छ ।

साउन महिनालाई हरियालीको प्रतिकका रूपमा लिने गरिन्छ र मेहदी पनि दिएको हरियो जडीबुटीले बनेको औषधिय गुण भएको एक खालको श्रृङ्गारको सामग्री हो ।

यसले मिथिलाको कलालाई झल्काउनुकासाथ प्रकृतिलाई जोगाउन र संस्कृतिलाई जोगाइ राख्न प्रोत्साहन पनि गर्छ । त्यसैले साउन महिनाको अवसरमा जनकपुर आर्ट एन्ड क्राफ्टको आयोजनामा मिथिला चित्रकला समूहले साउन महिनामा साउन विशेष “प्रकृति मार्फत जानुहोस्” नाराका साथ निःशुल्क मेहदी क्याम्पियन सम्पन गरेका छन्।

साउनको सुरु महिनामा अधिकांश महिलाको हत्केला मेहदीको रङले रङ्गिने हुनाले साउने सोमवारलाई विशेष ध्यान दिई जनकपुरधाम उपमहानगरपालिका-२ स्थित शिवचोकको शिव मन्दिरमा पूजा गर्न आउने व्रतालुलाई मेहन्दी लगाउने लक्ष्य लिई निःशुल्क मेहदी क्याम्प
सञ्चालनमा ल्याइएको आयोजक संस्थाले जनाएको छ । साउन महिनामा मेहन्दी लगाउनुको बेग्ले आनन्द हुन्छ । आफूले आफैँलाई मेहदी लगाउन गाह्रो हुन्छ तर कोही लगाइ दिने व्यक्ति भए मेहदी लगाउनुको मज्जा नै बेग्लै हुन्छ, मेहदी लगाउन कहीं कतै गइरहनु परेन शिवजीको पूजासँगै मेहदी पनि लगाउन पाइने त्यही पनि, निःशुल्क भन्दै मख्ख पर्दै भन्नुहुन्छ ।

साथमा मिथिला चित्रकला मेहदी मार्फत हत्केलामा कोर्न पाउँदा झन खुसी लागेको समाज सेवी सुभद्रा अलेले बताउनुभयो ।

मेहदी लगाउने भनेरै त्यहाँ आउनु भएका अर्की महिला डा. गायत्री झा भन्नुहुन्छ, “आजकल मेहदी लगाउन र पाउन छोडेका छन् त्यसैले मान्छेले बजारका केमिकल मिसावट मेहदी लगाउन बाध्य भएका छन् ।

केमिकल युक्त मेहदी स्वास्थ्यका लागि हानिकारक हुनुका साथै रङ पनि सुहाउँदो हुँदैन र छिटो मेटिने हुन्छ तर रुखबाट टिपेर बनाएको मेहदीको वासना पनि मगमगाउँछ, स्वास्थ्यको लागि पनि राम्रो हुन्छ र त्यसको रङ पनि छिटो जादैन त्यसैले रुखकै मेहदी लगाउन सल्लाह दिन्छु ।

यस मेहदी क्याम्पियनम बालिका तथा पुरुष पनि रहेको आयोजक संयोजक रजत कायस्थले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “श्रृङ्गारका रूपमा प्रयोग हुने मेहदीको औषधिय महत्त्व पनि रहेको छ र यसलाई शुभको प्रतिक पनि मानिन्छ । शुभ कार्यमा मेहदीको प्रयोग बढी गरिन्छ ।

क्याम्पियनले प्रकृति र मिथिला कलालाई जोडेको छ । मेहदी प्रकृतिको उपहार हो भने त्यसबाट बनाइने चित्र मिथिला कलाको आकृति हो। त्यसैले यसले प्रकृति र संस्कृतिलाई जोडेको छ ।

साउनको अन्तिम सोमबारसम्म निःशुल्क मेहदी लगाउने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । यस निःशुल्क मेहदी कम्पियनमा मिथिला चित्रकला समूहका काजल झा, उषा साह, सोनी साह, श्वेता ठाकुर,चाँदनी साह,हिमानी अभया मिश्र,प्रतिमा झा,प्रियम झा, काजल यादव रहेका थिए ।