जनकपुरधाम । मधेश प्रदेशका मुख्मयमन्त्री मो. लालबाबु राउत सँचार सचिवालयको पेजबाट मधेश प्रदेशको गलत लोगो राखेर प्रचार प्रसार गरिएको देखिएको छ ।
चुनाव नजिकीदै गर्दा मुख्यमन्त्री राउतको सँचार सचिवालयको अधिकारिक फेसबुक पेजमा मुख्यमन्त्रीको बारेमा गरिएको विभिन्न प्रचार प्रसारमा बेटी पढाउ, बेटी बचाउ अभियानको लागो राखेर मधेश प्रदेश लेखिने गरेको छ ।
मधेश प्रदेशको आफ्नै निशान चिन्ह (लोगो) भएपनि बेटी पढाउ, बेटी बचाउ अभियानको निशान छाप मुनी मधेश प्रदेश लेखेर प्रचार प्रसार गरिदै आएको देखिएको छ ।
प्रदेशको गलत निशान छाप राखेर प्रचार प्रसार गरिएपनि कसैले सो बारेमा ध्यानाकर्षण गरेको देखिदैनन् । चुनाव आउन लागेपछि मुख्यमन्त्रीको तस्विर राखेर विभिन्न प्रकारका शब्दहरु लेखेर प्रचार प्रसार गर्न थालिएको छ ।
ज्ञातव्य छ, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा १० करोड भन्दा अधिक रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


Discussion about this post