महोत्तरी, २६ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा महिलासँग अस्लिल कृयाकलाप गर्दागर्दै गएराति एक कार्यालय सहयोगी पक्राऊ परेका छन् ।

प्रक्राऊ पर्नेमा आयुर्वेद औषधालय मटिहानीमा कार्यरत कार्यालय सहयोगी मटिहानी नगरपालिका- ७ बस्ने अन्दाजी ४० वर्षीय अजिम कवारी रहेको प्रहरी चौकी मटिहानीले जनाएको छ ।

गएराति १० बजे आफू नै कार्यरत औषधालयमा स्थानीय एक अन्दाजी ३८ वर्षीया महिलासँग अस्लिल कृयाकलाप गर्दागर्दै स्थानीय युवाहरुले कार्यालय सहयोगी कवारीलाई पक्राऊ गरेपछि प्रहरीलाई बोलाएर जिम्मा लगाएको प्रहरी चौकी मटिहानीका वरिष्ठ नायब निरीक्षक सन्तोष गोलेले बताउनुभयो ।

प्रहरी चौकी मटिहानीबाट खटिगएको प्रहरी टोलीले गएराति दुवै महिला पुरुषलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको जनाइएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले आफूहरु घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो ।