जनकपुरधाम । धनुषा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जर्वजस्तीकरणी मुद्दामा उच्च अदालत जनकपुरबाट दोषी ठहर भइ फरार रहेका काठमाण्डूका ४० वर्षीय संतोष खड्का पक्राउ परेको हो ।

सो मुद्दामा अदालतले ०७६ असार २५ गते उनलाई ६ वर्ष कैद र ५० हजार रुपैया जरिवाना गर्ने फैसला सुनाएको थियो ।

उनले मिथिला नगरपालिका ढलकेवरस्थित चितवन होटेल एण्ड गेष्ट हाउसमा नबालिक केटीलाई जर्वजस्तीकरणी गरेको थियो ।

प्रहरीले गोप्य सूचनाको अधारमा सेल्फी डाडास्थित होटेल कुहिनुरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ गरी धनुषा प्रहरीले सोमबार अदालतमा पेश गरेको थियो ।

अदालतले पुर्वपक्षको लागि उनलाई सिन्धुली कारागार पठाउने आदेश दिएको छ ।