काठमाडौँ । मानिसहरुका आ आफ्नै शैलीले दाम्पत्य जीवन कसरी सुखमय बनाउन सकिन्छ , कसरी उनीहरुलाई खुसी र आनन्द मिल्छ भन्ने जिज्ञासा सबैको हुन्छ ।

कतिपय दाम्पत्य सम्बन्ध त्यती प्रेमिल हुँदैन । उनीहरुबीच विश्वास र प्रेमको अभाव भड्कीरहन्छ । प्रेमिल नभएको दाम्पत्य सम्बन्धमा मनमुटाव र कलह उत्पन्न हुन्छ ।

जब दम्पतीबीच कलह हुन्छ, त्यो उनीहरुमा मात्र सीमित रहँदैन जीवनशैलीमा भयंकर असर गर्छ । त्यो कलहले सबैभन्दा बढी उनीहरुकै अबोध बालबच्चालाई पिरोल्छ । आमाबुवाको झगडा उनीहरुका लागि ठूलो यातना जस्तै हुन्छ । यसले उनीहरुमा मानसिक पीडा थपिदिन्छ ।

यसैगरी दम्पतीको झगडाले उनीहरुका आमाबुवा, परिवारका सदस्यलाई समेत दुःख दिन्छ । पारिवारिक माहौल बिग्रिन्छ । घर वास्तवमा घर जस्तो रहँदैन ।

त्यसैले दम्पतीबीचको सम्बन्ध प्रेमिल र विश्वासले भरिपूर्ण हुन जरुरी हुन्छ । जब दम्पती खुसी हुन्छन्, त्यसको सकारात्मक प्रभाव उनीहरुको घर परिवारमा पर्छ । यसले घरलाई नै स्वर्ग बनाउँछ । दम्पतीबीच सुख र खुसी चाहिँ के कुराले ल्याउँछ ।