काठमाडौं  : देशको अवस्था र राजनितीक अस्थिरता कायमै रहेकोले विभिन्न ठाँउबाट युवापिढि अगाडि बढदै भने कुरा प्रष्ट देखिन्छ।

यस्पालीको स्थानीय चुनावमा स्वतन्त्रका कर्मठ उम्मेदवारहले आफ्नो छाप छोडेका छन। धेरै नै उदाहरणमध्ये बालेन्द्र साह र हर्क सम्पाङ निर्वाचित भएर एकदमै राम्रा कामहरूले चर्चामा रहेका छन।

त्यसैगरि अहिले सरकारले मंसिर ४ गते प्रतिनिधिसभा  चुनावको घोषणा गरेका छन। र घोषणा हुनेबितिक्कै विभिन्न पार्टी तथा अन्य स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरिसकेका छन।

त्यससँगै काठमाडौं को बालजुमा जन्मिएको एक सामान्य परिवारको इ.किरण के.सि ले यस्पालीको संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। उच्च शिक्षा हासिल गर्न तथा आर्थिक अवस्था सुधार गर्न करिब ४ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छ्न र आफू सबल बन्न मिहिनेत गर्दै आएका छन।

उहाको भनाइ अनुसार आफू सबल न्भए देश कसरी सबल हुन्छ र आफैले कामाएको पैसाले जीवन-शैली चलाउछु र देशलाई निस्पक्ष रुपले सेवा प्रदान गर्छु भन्दै प्रतिबद्धता जनाएका छन।

इ.किरण के.सि अस्ट्रेलियामा महिनाको १.५ करोड सम्म कमाउने के.सि ग्रुप कम्पनीको मालिक भएर पनि सबै त्याग गरेर देशलाई सेवा दिनलाई फर्कदै छ्न। देशको वयवस्थालाई सुधार गर्न युवानै चाहिन्छ भने अवधारणा उहाको रहेछ।

देश विकास र देश बनाउने लक्ष्य लिएका एक्लैभएपनि देश बनाउन सक्छु “मलाई गर्न दिनुस म गरेर देखाउछु “भन्दै उहाले नेपाली जनतालाई विस्वास जताएका छ्न। नेपाली जनता संग साथ-सहयोगको आपेक्षाका साथ अब देशसेवामा समर्पित हुने उनको चाहना रहेको छ।