जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नागरिक बिधेयक पारित गर, बलात्कारीलाई संरक्षण गर्न पाईदैन भन्दै बिरोध र्‍याली प्रदर्शन गरिएको छ ।

नेकपा माओवादी केन्द्र शहिदनगर नगरपालिका द्वारा पुर्व निर्धारित कार्यक्रम अन्तर्गत यदुकुहामा नागरिकताको विषय र स्थानीय मुद्दाहरूको विरोध गरिएको हो।

नेता तथा स्थानीय कार्यकर्ताले हातमा विभिन्न प्ले कार्डमा लेखिएकोको नाराहरु नागरिकता विधेयक पारित गर ! – राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद ! बलात्कारीलाई कारवाही गर ! बलात्कारी संरक्षक मुर्दावाद ! शान्ति सुरक्षा कायम गर !लगायत अन्य मागहरु राखी विरोध प्रदर्शन गरिएको हो ।

बिरोध र्‍याली शान्तिपूर्ण तरिकाले यदुकूहाको विभिन्न भागको परिक्रमा गरि भट्ठी चौकमा पुगी कोण सभामा नेता रामकिशोर पासवान, वडा अध्यक्ष सुरेश कापर ,नेता हेम शंकर भन्डारी,युवा नेता रुपेश बिराजी आ-आफनो धारणा व्यक्त गरेका थिए भने पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।