जनकपुरधाम : मधेश प्रदेश सरकारले मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे/नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन प्रति असन्तुष्टि जनाउदै आन्दोलनरत पक्षले आन्दोलन थप कडा पारेपछि प्रहरी संग झडप भएको छ ।

विहिवार आन्दोलनकारीहरु मुख्यमन्त्री र मन्त्रीको पुत्ला बोकेर मधेश सरकारको मुख्यालय तर्फ बढन खोजेपछि जनकपुरधामको मिल्स एरियामा प्रहरीले बल प्रयोग गरि रोकेका छन् । सो क्रममा प्रहरी र प्रर्दशनकारीहरु बिच केहि बेर तानातान समेत भएको छ ।

सो क्रममा प्रहरीले एक सय देखि एक सय पचिस जना सम्म प्रदर्शनकारीहरुलाई प्रक्राउ समेत गरेको छ ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले वन बुटयान क्षेत्र अतिक्रमण गरे/नगरेको विषयमा हालसम्म पनि नापी कार्यालयले काम नगरेको जनाइएको छ साथै मारुती सिमेन्टले सरकारी वन क्षेत्र अतिक्रमण गरे/नगरेको विषयमा छानबिनका लागि डिभिजन वन कार्यालयले सिरहा नापी कार्यालयलाई पत्राचार गरे पनि काम नभएको प्रतिवेदनमा भनिएको भन्दै उनीहरु आक्रोसित बनेका हुन ।