जनकपुधाम ।  महावीर युवा कमिटीको  शनिवार भएको ५४ औं साधारण सभामा निवर्तमान अध्यक्ष संतोष कुमार साहको कार्यकाल २०७६ ।०७७ – २०७७ ।०७८ को हर हिसाब सर्व सहमत रुपमा पारित भएको छ ।

उनको कार्यकालमा निर्माण भएको राजदेवी मन्दिरको मुख्य प्रवेशद्धार निर्माण बिकास समितिको आर्थिक सहयोग तथा पूर्व भौतिक तथा यातयात मन्त्री रघुवीर महासेठकाे पहलमा ३२,६६,६९३।– ( बतीस लाख छैसठी हजार छ सय तिरनाब्बे रुपैया ) रकम सहयोग स्वरुप आएको थियो र उक्त भव्य गेट निर्माण गर्दा ४०,६६,१७०।– ( चालीस लाख छैसठी हजार एक सय सत्तरी रुपैया ) निर्माण गर्दा लागत लागेको थियो । ‍

सो गेट मधेश प्रदेश कै मात्र नभएर राष्ट्रकै नमूना गेटको रुपमा निर्माण गरी रहँदा ७,९९,४७७ ( सात लाख उनान्सय हजार चार सया सत्तत्री रुपैया ) लागत लागेर बनेको थियो गेट सम्बन्धी हिसाब साधारण सभामा बुझाउँदा करिब ८ लाख बढी खर्च भएको हिसाब प्रस्तुत भएको थियो सम्पूर्ण सदस्यहरुले विशेष आग्रह गर्दै तत्कालीन अध्यक्ष संतोष कुमार साहले पाउनु पर्ने रकम सदस्यहरुको विशेष आग्रहलाई स्वीकार गर्दै संस्थाबाट लिनुपर्ने रकम सहयोग स्वरुप माँता राजदेवीको सेवको रुपमा अनुदान गरिदिएका छन् ।

उक्त गेटको हर हिसाब पनि सर्वसहमत रुपमा पास भएको छ र उहाँको उत्कृष्ट कार्यकालको साधारण सभामा उपस्थित सम्पूर्णले प्रंशसा गर्दै सम्पूर्ण पूर्व अध्यक्ष , सम्पूर्ण कार्यसमिति लगायत सम्पूर्ण सदस्यहरु, वर्तमान अध्यक्ष बलराम साह तथा सस्थापक अध्यक्षद्धारा माला, दोसला र अबीर लगाई उनलाई सम्मान गरिएको थियो ।

राजदेवी माताको सेवको रुपमा उक्त गेट भव्य र सुन्दर निर्माण गर्ने तत्कालीन अध्यक्ष संतोष कुमार साहको जीवनको ठूलो सपना रहेको थियो ।