सर्लाही । स्थानीय निकायको प्रमुख अनि दुबै प्रहरी संगठनका स्थानीय प्रमुख मिले पछि अबैध कार्यलाई राेक्न कि त जनता उठ्नुपर्याे कि त अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले छानबिन गरि दाेषीलाई मुद्दा चलाउनु पर्याे ।

तर यी दुबै काम नभए पछि अहिले धमाधम गैरकानुनी काम भैरहेको छ सर्लाहीको बहबरिया गाउँ पालिकामा। गाउँ पालिकाका अध्यक्ष रामसिहांसन रायको साथ र संरक्षण भए पछि स्थानीय ठेकेदार संजय यादव र अशोक यादव समेतले बागमती नदीको किनारमा अबैध उत्खनन गरिरहेका छन् ।

यसरी स्काभेटर प्रयोग गरेर नदीबाट गिट्टी बालुवा उत्खनन गरिरहेकाे बारेमा स्थानीयले नेपाल प्रहरीको इप्रका बरहथवाका डिएसपी उमाशंकर यादव र सशस्त्र प्रहरी बलकाे मनुसमारा स्थित सुरक्षा बेशका निरीक्षक फल बहादुर थापालाई जानकारी दिदा समेत अबैध कार्य नराेकिएपछि उनीहरूकाे मिलिमताे रहेको भन्दै माथिल्लो निकायमा जानकारी गराएको स्थानीय दिलिप झाले बताए ।

अहिले दुबै प्रहरी समेतको संरक्षण भए पछि अबैध उत्खनन व्यापक मात्रामा भैरहेको छ।