भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–७ स्थित न्याताँ (हनुमानघाट) पुल आज उद्घाटन गर्नुभएको छ ।
नगरपालिकाको रु ४१ लाख ३३ हजारमा निर्माण सम्पन्न भएको उक्त पुलको उद्घाटन कार्यक्रममा उहाँले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीतिअनुरुप भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्पmत गरिरहेकोे बताउनुभयो ।
उहाँले भनपा–७ मा नगरपालिकाले निर्माण गरिएको सुधारिएको शवदाह गृह निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नवनिर्मित पुलले हनुमानघाटको स्वरुप र सुन्दरता थपेको चर्चा गर्नुभयो । न्याताँ जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको आय–व्यय प्रस्तुत गर्नुभयो ।
Discussion about this post