जनकपुरधाम : नेपाली काँग्रेसका युवा नेता शैलेन्द्र चोरबार (यादव) ले एमाले नेतृ जुली महासेठ र नेता रघुवीर महासेठलाई मधेशी भन्दा पनि एमाले रहेकोले नागरिकता विद्येयकको विरोध गरेको बताएका छन् ।
नेपालमा नागरिकताको समस्या उठान गर्न सँसदमा अन्य दलका साँसदहरुले नागरिकता विद्येयक २०७९ पारित गराउन सहमति जनाएपनि एमाले पार्टीले त्यसको विरोध गरेको जनाउँदै महासेठले समेत विद्येयकको विरोध गरेको बताए ।
उनले मधेश केन्द्रीत दलसहित नेपाली काँग्रेस, माओवादी लगायतका दलहरुले समेत नागरिकता विहिन नागरिकहरुलाई नागरिकता दिन नागरिकता विद्येयकको लागि सहमति जनाएपनि रघुवीर महासेठ र जुली महतो महासेठले नागरिकता विद्येयकको विरोध गरेपछि मधेशी जनताको मनबाट गएको बताए ।
उनले उनीहरु मधेशी जनताको जनभावनासँग खेलवाड गरी आफू समेत मधेशी समुदायबाट रहेर नागरिकता विद्येयकको विरोध गरेपछि जनताको मनबाट गएको दाबी गरे ।
नागरिकता विद्येयकले तराई मधेशमा रहेको हजारौँ नागरिकता विहिन नेपालीहरुले नागरिकता पाउने भएपछि एमालेको तर्फबाट रघुवीर महासेठ र जुली महासेठले समेत विरोध जनाउँदा आफ्नै क्षेत्रका जनतासँग गद्दारी गरेको उनले बताए ।
चोरबारले नेता रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपनि त्यहाँको जनताको मनोभावना विपरित नागरिकता विद्येयकको विरोध गरेर यसपाली जनताको मन दुखाएको बताउँदै आगामी चुनावमा उनीहरुलाई जनताले धूल चटाउने बताए ।
उनले मधेशी जनताको भोँट लिएर उनीहरुको लागि पारित भएको नागरिकता विद्येयकको निरन्तर विरोध जनाउँदा जनताले उनीहरुको बारेमा सबै थाहा पाईसकेको बताए ।
नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले शनिबार एक कार्यक्रममा एमालेका नेता कार्यकर्तालाई लखेटने वकतत्व दिएका थिए ।
Discussion about this post