नरेशचन्द्र बरवरिया

सिरहा , भदौ १३ गते । नेपालमा फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न आज सिरहामा पनि ज्ञापन पत्र बुझाईएको छ ।

मधेस प्रदेशको महोत्तरी,धनुषा ,रौतहट लगायत जिल्ला प्रशासन कार्यालय सिरहामा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई ज्ञापन पत्र बुझाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता (डिएसपी) सुभाष बुढाथोकी लाई टिकटक बैन सँघर्ष समिति सिरहाले ज्ञापन पत्र बुझाइएको हो ।

उनीहरुले सहायक सिडियो र डिएसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको हो ।

टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै बैन गर्न टिकटोक बन्द संघर्ष समिति सिरहाका जिल्ला संयोजक राजेश यादवले बताए ।

भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बैन गरिदिएको औल्याउँदै अभियन्ता पंकज शर्माले बताए ।

जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपालमा टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ ।

केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ । उक्त अभियानमा युवाहरुको सहभागीता दिन प्रति दिन बढिरहेको देखिन्छ ।