महोत्तरी ः महोत्तरीको रामगोपालपुर -५ को कंचनपुरमा रहेको खेलकुद सामग्री प्रदान गरिएको छ ।

टिमले आयोजना गरेको कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुेन्द्रकुमार यादव र पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रुपमा कंचनियामाई क्रिकेट टिमलाई खेलका खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

एक लाख रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गरिएको क्रिकेट टिमका अध्यक्ष कुन्दन मण्डलले बताए ।

सो अवसरमा पूर्व राज्यमन्त्री यादवले खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट यस टिम मार्फत युवाहरुलाई सहयोग गरेको बताएका छन् ।

त्यस्तै, विशिस्ट पूर्व राज्यमन्त्री कुश्वाहाले क्रिकेट टिम मार्फत युवाहरूलाई प्राप्त भएका सामग्री सहयोगको पार्दशी हिसाब राख्दै अघि बढ्दा सबैले पत्याउने र एउटा राम्रो युवाको भविष्य उज्ज्वल बन्न सक्ने बताए ।

‘युवाहरुले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडिको स्तर वृद्धि गर्दै जान सके अझ राम्रो हुन्थ्यो,’ कुशवाहाले जानकारी दिए ।

सो कार्यक्रमा जसपा संघीय परिषद् सदस्य दिपक झा ॅगुडु’,महोत्तरी जिल्ला सदस्य सुरेश यादव, तथा यस वडाका वडा अध्यक्ष प्रत्यासी विकास चौधरी लगायतको उपस्थिति रहेको थियो।