मधेशटप , महोत्तरी । महोत्तरीमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । बुधबार राती करिब साढे ९ बजेको बर्दिबास नगरपालिका वडा नं. १ स्थित सिन्धुली रोडबाट सर्लाहीको अतरौली बस्ने छेवाङ्ग दोर्जे मोक्तानको ज. ११ प ५९५६ नम्बरको एन. एस. २०० सिसिको पल्सर मोटरसाइकल चोरी भएको छ ।

सोही दिन मात्र दुईवटा मोटरसाइकल चोरी भएको स्थानियहरुले जनाएका छन् । उनिहरुका अनुसार साउनको २९ गते मात्र बर्दिबास नगरपालिका अगाडि पार्किङ्ग गरेको मोटरसाइकल चोरी भएको थियो ।

बर्दिबास नगरपलिका–१ बस्ने सुरेश तामाङको ज १२ प २५७८ नम्बरको नम्बरको एन. एस. २०० सिसिको पल्सर मोटरसाइकल चोरि भएको थियो । यता मोटरसाइकल चोरी गर्ने गिरोहनै दैनिक बर्दिबास चौकमा चोरी गरेपनि प्रहरीले तिनीहरुलाई नसमतनु प्रहरी प्रशासन माथी प्रश्न उठन थालेका छन ।

प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको ईलाका प्रहरी कार्यलयका प्रहरी नियब उपरीक्षक रबि राबलले जानकारी गराएको छ । एकै महिनामा चार भन्दा बढी मोटरसाइकल चोरी भए पछि स्थानियहरु त्रसित भएका छन ।

यस्तै, महोत्तरी जिल्लाको सोनमा गाउपालिका ७ सुन्दरपुर बस्ने जयनाथ साहको नाममा रहेको प्रदेश २–०२–००१ प ६३६७ नुम्बरको डिसकोभर १२५ सिसि मोटरसाईकल बुधवार राती करीब ३ बजेको समयमा घरबाटै चोरी भएको परिवारजनले जनाएको छ ।

बिहान मोटरसाईकल खोजन जादा लगाएको ठाउमा नरहेपछि चोरी भएको भनी जानकारी गराएको अहिले खोजबिन भईरहेको प्रहरी चौकी मगरथानाले जनाएको छ ।