जनकपुरधाम । नेपाल नगरपालिका संघको सदस्यमा महोत्तरीको मनरा शिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेय सर्वसम्मत चयन भएका छ्न ।

सदस्य पाण्डेयले नेपाल नगरपालिका संघको जिम्मेवारी इन्मादारी पूर्वक गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै नगरपालिका संघले देशभरीका जनप्रतिनिधिहरु संग आवद्ध हुँदा बलियो पक्ष रहेको उनले बताए ।

सदस्यको जिम्मेवारी पाउँदा समाजिक संजाल मार्फत मेयर पाण्डेयलाई बधाईको ओईरो लागेको छ।

२०७९ वैशाख ३० गते निर्वाचित मेयर उपमेयरहरु नेपाल नगरपालिका संघका मधेश प्रदेशका तदर्थ समिति गठन कार्यक्रम चन्द्रपुर रौतहटमा सम्पन्न भएको थियो ।