जनकपुरधाम। मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले झा जलेश्वर स्थित पार्टी पैलेसमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेकोे छ।

प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकार थुत्न निरन्तर कानूनी लडाइँ गरिरहे ।

उनकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो

झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।

झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताए ।