मधेशटप,महोत्तरी । जसपा नेपाल बाट महोत्तरी क्षेत्र नं ४ ख बाट डा रिना यादव सम्भावित उम्मेदवार रहेको छ। उम्मेद्वार सिफारिस गर्ने क्रममा डा यादवको नाम क्षेत्र नं ४ ख बाट प्रदेश सासदमा सिफारिस गरिएको छ। सम्सी गाउपालिका ५ बस्ने डा यादव महिला र युवाहरुको पहिलो रोजाइ रहेको छ।

सधै महिलाको लागी आवाज़ उठाउनु, सरल व्यक्तित्व र गलत कदम बिरुध सधै अवाज उठाउदै साथै क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन। जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ४ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको डा यादवको भनाई रहेको छ, यसका लागी मेरो सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् ।

आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेकोले आफ्नो जित हुने निश्चित रहेको डा यादवले बताएका छ्न। डा यादव यस भन्दा पहिले समानुपातिक बाट प्रदेश सासंद भइ अहिले प्रदेश बिकास समितीको सभापती बनेकि छिन।