मधेशटप,संवाददाता । मिथिला नगरपालिका वडा ६ नयाँटोलमा करिब  राति १२:३० देखि २:४५  बजे सम्म ३ वटा हात्तीले आतंक मचाएको छ। ५ जनाको घर समेत पनि भत्काएको छ र अन्नपात समेत खाइदिएको छ ।

सबै जना सुतिरहेको बेला हात्तीहरुले घर भत्काउन थालेपछि मान्छेहरू जयनत्यन ज्यान बचाएर भाग्न सफल भयो । गाउँ भरीका मान्छेहरू त्रासले आ आफ्नो ज्यान जोगाउन भगामभाग गरेको थियो ।

 

इलाका प्रहरी कार्यालय ढल्केवरमा १२:४० बजे फोन गर्दा पुलिस( हाम्रो सुरक्षाकर्मी)हरु समयमा आइदिनु आएन भने वडा वासीहरु समेत गुनासो गरेका छन् ।

इलाका प्रहरी कार्यालय बाट खोला सम्म आउन २ मिनेट पनि लाग्दैन तर उहाँहरूलाई १२:४० मा फोन गर्दा ३ बजे आउनु भयो जति बेला धेरै क्षति भइसकेको थियो ।

­