मधेशटप,संवाददाता । भन्सार छलि ल्याउदै गरेको करिब रू. ५,५२,५१६।- सामान धनुषा प्रहरी बरामद गरेका छन् ।
मिति २०७९।०५।१८ गते अं. ११;५० बजेको समयमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. ०४ स्थितमा भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ज.३ प. ८४८८ र स.८.प. ९८८१ नं. को मोटरसाईकलमा ( अं. मुल्य रु. ४,६६,२००/- ) बराबरको विभिन्न किसिमको लताकपडाहरू ल्याई राखेको अवस्थामा नियन्त्रणमा लिईको छ ।
उक्त बरामद गरिएको आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ।
मिति २०७९।०५।१७ गते अं. ११;४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय औरही धनुषाबाट गस्तिमा खटि गएको टोलीले जिल्ला धनुषा औरही गा.पा. वडा नं. २ स्थितमा भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ( अं. मुल्य रु. ८६,३१६/- ) बराबरको विभिन्न किसिमको किराना समानहरू ल्याई राखेको अवस्थामा नियन्त्रणमा लिईको छ ।
उक्त बरामद गरिएको सामान आवश्यक कार्वाहीको भन्सार कार्यालय जनकपुरमा पठाईएको छ।
Discussion about this post