रुषा थापा,

हामी नेपालीहरु धर्ममा विश्वास गछौँ । आफ्नो इच्छा तथा कामना पूरा गर्नका लागि हामीहरु मठमन्दिर जाने गछौँ । हामीहरु भगवान्लाई विश्वास गरेर भगवान्प्रति हाम्रो आस्था प्रकट गछौँ । बच्चादेखि बुढाबूढीहरुसम्म मठमन्दिरमा भगवान्को दर्शन गर्नका लागि जाने गर्छन् । मन्दिरमा भक्तजनहरु दर्शन गर्न जाँदा त्यहाँ निकै फोहोर हुने गर्छ ।

मन्दिर पनि दुईसय वर्षअघि बनेका पुराना हुन्छन् र ती मन्दिरहरुको स्थिति पनि निकै नाजुक भएका हुन्छन् । तर त्यस्ता मन्दिरहरुको पुनमर्मत पनि गरिएको हुदैँन । अब दशैँ आउन धेरै दिन बाँकी छैन । घटस्थापन वा जमरा राखेपछि दशैँभरि मन्दिरहरुमा पूँजा गर्नेहरुको संख्या वर्षैपछिे हत्तै बढ्ने गर्छ ।

वर्षैपिछे मन्दिरमा पूँजा गर्न जाने भक्तजनहरुले धेरै दुःख भोक्दै आइरहेका छन् र यसपालि पनि भोक्ने छन् । किनभन्दा सरकारले अहिलेसम्म पनि मन्दिरको व्यवस्थापन लागि केही पहल गरेको छैन । सरकारमा बस्नेहरुलाई मन्दिरमा आउँदा सुरक्षाकर्मीहरुले घेरेर ल्याउने गर्छन् जसले गर्दा उनीहरुले जनताको दुःख र कष्ट देख्दैँनन् ।

सरकारमा बस्नेहरु अघिपछि सुरक्षाकर्मीबिना मठमन्दिर नआउँदा र जनताको दुःख कष्ट नदेख्दा आजसम्म उनीहरुले मठमन्दिरहरुमा रहेको बेथिति देखेका छैनन् । के उनीहरु जनतासँग डराएर जहिले पनि सुरक्षाकर्मीसँग हिड्छन् । के सुरक्षाकर्मीबिना जनतासँग उनीहरु घुलमिल हुन सक्दैनन् । अहिले कुन कुन मन्दिरको हालत के कस्तो छ भनेर राष्ट्रपति प्रधानमन्त्री कसैलाई थाहा छैन ।

सरकारको उच्च पक्षमा रहेका प्रतिनिधिहरु मन्दिर जाँदा त्यहाँ सुरक्षाकर्मीहरुले सफा गर्ने गर्छन् तर अघिपछि कहिले पनि सरसफाई गरिदैँन । के जनता चाहिँ राम्रो मन्दिरमा जान पाउँदैन । किन राष्ट्रपति र प्रधानमन्त्री जाँदा मात्र मन्दिर सफा गरिन्छ । पछिल्लो समय बजारमा कुन सामानको मूल्य कति रहेको छ भनेर सञ्चारकर्मीहरुले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई सोधेमा उनीहरुलाई तयो पनि थाहा हुदैँन ।

जिम्मेवारी पदमा बस्ने मानिसहरुले देशको हरेक कुरामा चासो राख्ने र अनुगमन गर्ने हो भने मात्र देशमा विकास हुने गर्छ । तर हाम्रो देशको राष्ट्रपति र प्रधानमन्त्रीहरुलाई जनतासँग जोडिएका कुनै पनि विषयमा ध्यान दिन टाइम छैन । पर्यटक मन्त्री जीवनराम श्रेष्ठलाई सुरक्षाकर्मी वा गाडले अनुशासन पालना गरेर लाइनमा बस्नुभन्दा उनीले त्यो गाडलाई नै कुट्नखोज्नु वा जेलमा हाल्नु के राम्रो काम हो । के जनताको लागि मात्र सबै नियम लागू हुन्छ र । जनताकै मतदानबाट मन्त्री बन्ने अनि जनतामाथि नै अत्याचार गर्ने , यो कताको नियम हो । यस्ता मन्त्रीहरु देशमा मन्त्री हुँदा के देशमा विकास हुन्छ ।

नेपालमा त मन्त्रीहरुलाई चहिन र जनतालाई ऐन लाग्ने गर्छ । पर्यटक मन्त्री भएका श्रेष्ठलाई देशमा रहेका मठमन्दिरहरुको अवस्थाबारे बुझ्रन फुर्सद छैन तर व्यवसायीहरुसँग कमिशन खाएर उनीहरुको जेपनि माग पुरा गर्न र देशविदेश घुम्न जतिपनि फुर्सद छ । एउटा अनुशासन त पालना गर्न नसक्ने मानिस पनि देशको मन्त्री जस्तो पदमा बस्न मिल्छ, यस्ता मन्त्रीले त तुरुन्तै राजिनामा दिनुपर्दैन ।

अहिले सरकारले भएका मठमन्दिरहरुको पनि सरंक्षण र पुन निर्माण नगर्दा र नयाँ मठमन्दिरहरु नबनाउँदा जनताहरु पुरानै भत्किन लागेका जोखिमपूणर् मन्दिरमा गएर पूर्जा गर्नुपर्ने बाध्यता रहेको छ । जनताहरुलाई यस्तो मन्दिरमा जाँदा हामी मर्न पनि सक्छौ भन्ने कुराको केही चासो छैन ,उनीहरुलाई भगवान्को दर्शन गर्न पाए पुग्छ । जनताहरु भगवान्प्रति निकै नै आशावादी रहेका छन् ।

संस्कृति तथा पर्यटक नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले भत्किन लागेका मठमन्दिरहरुको पनि पुन निर्माण नगर्ने र सरकारले मठमन्दिरहरुको मर्मत गर्न छुटाएको बजेट पनि मन्त्री र मन्त्रालयका सचिव मिलेर भ्रष्टाचार गर्ने हुँदा आज हाम्रो देशको ऐतिहासिक मठमन्दिरहरु मासिदैँ गइरहेका छन् ।

नेपालभरि रहेका मठमन्दिरहरु सबै झिनो अवस्थामा पुगिसकेका छन् । यस्तो मठमन्दिरहरु हेर्न विदेशी पर्यटकहरु पनि नेपाल आउने गर्छन् । नेपालका विभिन्न मठमन्दिरहरु विश्व सम्पदा सूचीमा परेको छ । तर सरकारले हाम्रो देशमा रहेका मठमन्दिरहरुको संरक्षण र मर्मतका लागि कुनै चासो नदेखाउँदा आज कयौँ मन्दिरहरु लथालिंग भएका छन् ।

२०७२ सालमा आएको भुकम्पले कति मन्दिरहरु भत्कायो भने कति चर्कोयो । त्यो भत्केका मन्दिरहरु त सरकारले कति बनायो त कति अहिलेसम्म बनाएको छैन भने ती चर्केका मन्दिरहरुमा अहिलेसम्म सरकारको ध्यान पनि गएको छैन । मठमन्दिरको छेउछाउमा रहेका सरकारी जग्गाहरु अहिले सबै व्यक्तिको नाम गइसकेको छ तर वडा वा नगरले त्यस्ता सरकारी जग्गाहरुको खोजी गर्न कुनै चासो देखाएको छैन ।

कानून अनुसार विश्व सम्पदा सूचीमा परेका मन्दिरलाई छेकेर ठुल्लठुल्ला घरहरु बनाउन पाइदैँन । तर अहिले मन्दिरहरुको छेउछाउमा पाँच तल्लेदेखि दश तल्ले सम्मका घरहरु बनाइएको छ । मन्दिरको अगाडि यसरी ठुल्लठुल्ला घरहरु बनाउँदा मन्दिर नै देखिदैँन । मन्दिरमा पूँजा गर्न वा दर्शन गर्न जाने स्वदेशी वा विदेशी भक्तजनहरुलाई त्यहाँ हात धुनका लागि धारा पनि छैन र भएमा पनि पानी आउँदैन ।

त्यस्तै मन्दिरहरुमा जुत्ता तथा चप्पल राख्ने ठाउँ व्यवस्थित नभएकाले त्यहाँ जुत्ता तथा चप्पल धेरै नै चोरी हुने गर्छ । साथै मन्दिरमा दर्शन गर्न जाने मानिसहरुलाई दिशा, पिसाब लागेमा त्यँहा सार्वजनिक शैचालयको व्यवस्था पनि गरिएको हुदैँन । यदि शैचालय भएमा पनि त्यहाँ ढोकामा चुकुल नहुने , पानी नहुने, साबुन नहुने र निकै फोहोर हुने भएकाले त्यहाँ जान पनि सकिदैँन ।

मन्दिरमा जाँदा मानिसहरुको पेसा तथा सुनहरु चोरी हुने गर्छ । साथै मन्दिरमा दर्शन गर्न ३ देखि ५ घण्टासम्म लाइन बस्नुपर्ने हुँदा मानिसहरु बेहोस समेत हुने गर्छन् । मठमन्दिरहरुको छेउछाउमा रहेको होटेल व्यवसायी र पुजाँ गर्ने सामान बच्ने व्यापारीहरुले सामान तथा खाजा पनि निकै महंगोमा बेच्ने गर्छन् । त्यस्तै त्यस्ता खाजा घरहरुमा सरसफाइ पनि हुने गर्दैन ।

आर्थिक कमजोर भएका, राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाएका वा अशक्त मानिसहरु मन्दिरहरुमा हात वा कपडा फिजाएर माग्न बसेका हुन्छन् त्यस्ता मानिसहरुलाई मन्दिरमा दर्शन गरेर आउने वा जाने कतिपय मानिसहरुले सहयोग गर्छन् भने कतिपयले घृणा गर्ने गर्छन् ।

मन्दिरहरुमा यसरी माग्न बस्ने मानिसहरुलाई जुनसुकै चाडपर्व आएपनि केही मतलब हुदैँन । उनीहरु मन्दिरमा नै माग्छन् र मन्दिरको छेउछाउमा गएर नै सुत्ने गर्छन् । उनीहरुको घर र परिवार नै मन्दिर हुने गर्छ । माग्न बस्ने कतिपय मानिसहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाएर पनि उनीहरुको यस्तो हालत भएको हो । मन्दिरहरुमा बस्ने कतिपय नेपाली नागरिकहरुको सानैमा आमाबुबा मरेको र जन्मदर्ता नबनाएकाले उनीहरुले राज्यबाट पाउनुपर्ने नागरिकता नपाएर पनि यसरी दुःख पीडा भोगेर बसिरहेका छन् ।

हामी नेपालीहरु खाइ नसकेर फाल्छौँ, लगाइ नसकेर नयाँ कपडा पनि फाल्छौँ तर मन्दिरहरुमा मागेर बस्ने मानिसहरुलाई न एक छाक नै दिन्छौँ न एक जोर कपडा नै दिन्छौँ । हामीहरु बरु त्यस्तो मानिसहरु देखेर भाग्ने गछौँ । सरकारले अब मन्दिर वा सडकमा मागेर बस्ने मानिसहरुको सम्पूणर् जानकारी संकलन गरेर उनीहरुलाई राज्यबाट पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउनुपर्छ ।

नेपालमा धेरै आश्रामहरु खुलिएका छन् तर त्यहाँ पनि पैसा नदिइ वा सहरा नभएको मानिस बिना बस्न पाइदैँन । कति बच्चाहरु बाटोमा मागेर खाइरहेका छन् तर त्यस्ता बच्चाहरुप्रति बाटोमा हिड्ने मान्छे, सञ्चारकर्मी ,सरकार पक्ष वा कुनै संघसंस्थाहरुको पनि ध्यान जाने गर्दैन । यदि कसैले त्यस्ता बालबालिकाहरुलाई ल्याएर पढाइदिने हो भने उसले भोलि देश र जनताको हितमा केही काम गर्न सक्छ ।

देशको राष्ट्र्रपति /उपराष्ट्रपति , प्रधानमन्त्री, पूर्वराजा , सभामुख, मन्त्री वा प्रधान्यायधीशहरु मन्दिरमा दर्शन गर्न जाँदा त्यहाँ सुरक्षाकर्मीहरुले उनीहरुलाई घेरेको हुन्छ । यसरी ठुल्लठुल्ला मानिसहरु मन्दिर आउने समयमा मन्दिरको दाँयाबायाँ पनि सुरक्षाकर्मीले सफा गर्छ र माग्न बस्ने मानिसलाई पनि हटाउने गर्छ ।

मन्दिरमा यसरी उच्च पदमा पुगेका प्रतिनिधिहरु आउँदा त्यहाँ सुरक्षाकर्मीले सबै सफा गर्ने र गरिब माग्न बस्ने मानिसलाई पनि हटाउने भएकाले उनीहरुले अरुबेला रहने मन्दिरको स्थिति र ती माग्न बसेका मानिसहरुको अवस्था देख्न पाउँदैनन् ।

मन्दिरमा पूँजा गर्दा चढाएको भेटीहरु पनि सबै पुजाँरीहरुले लैजान्छन् , त्यो राज्यको ढुकुटीमा जाने गर्दैन । यदि जनताले चढाएको पैसाहरु राज्यको ढुकुटीमा जाने हो भने त्यो पैसाबाट त्यस मन्दिरको पुन निर्माण त गर्न सकिन्छ । मन्दिरमा चढाएको पैसा राज्यको ढुकुटीमा जादैँन र गएपनि तीनभागमा एक भाग जाने गर्छ । हाम्रो देश नेपाल मठमन्दिरले भरिपूणर् रहेको देश हो । यहाँ विभिन्न खालका मन्दिर वा विभिन्न इतिहासिक मन्दिर तथा मूर्तिहरु रहेका छन् ।

हामी नेपालीहरु दिनेपिछे जस्तो मन्दिर जाने गछौँ भने कति मानिसहरु भगवान्को लागि भनेर बर्त बस्ने गर्छन् । साथै हामीहरु कुनै चाडपर्व आएमा झन् बढी मन्दिर जाने गछौँ । प्रत्येक साल जसरी यसपालि पनि दशैँ आइसकेको छ । दशैँको समयमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा पनि मन्दिरमा दर्शन गर्न जाने गर्छन् ।

राष्ट्रपति र राजा आएको समयमा मन्दिरको सरसफाई गरिने तर अघिपछि जतिसुकै फोहोर भएपनि सरसफाई गरिदैँन । साथै मन्दिरमा जाँदा सर्वसाधारणहरु लाइनमा बस्नुपर्छ भने उच्च पदमा रहेकाहरु लाइनमा बस्नु पर्दैन । यस्तो दिनको अन्त्य कहिले । मन्दिर सरसफाई गर्न वा मर्मत गर्नका लागि आवश्यक पर्ने बजेट न वडाले नै छुटाउनेगर्छ न मन्त्रालयले छुटाउने गर्छ ।

आफनो वडाभित्र रहेका मठमन्दिरहरुको मर्मत तथा व्यवस्थापन वडाले गर्नुपर्ने भएतापनि यसप्रति वडा तथा महानगरले कुनै चासो दिदैँन । हामी जनताहरु मन्दिरमा गएर पुँजा गर्नका लागि घण्टौँ लाइन बस्छौँ तर त्यहाँ पानी, शैचालय , बस्ने पार्टीपोवा आदि केही पनि छैन ।

हामी नागरिकहरु टाढाटाढा पुगेर भगवान्को दर्शन गर्न मन्दिर जान्छौँ तर त्यस्ता मन्दिरहरु व्यवस्थित नभएकाले त्यहाँ भक्तजनलाई निकै गाह्रो भइरहेको पाइन्छ । साथै पुरानो मन्दिरको मर्मत र नयाँ मन्दिरको स्थापना गर्नका लागि बजेट पनि वडा र नगरपालिकाले छुटउने गर्दैन । यिनीहरु जनताले तिरेको कर खाली बाटो बनाउने भनेर भ्रष्टाचार गरेर बस्छन् तर मन्दिर बनाउन कुनै पहल गर्दैन ।

देशमा राजनितिक परिर्वतन भएपछि सरकारले देशमा नयाँ मन्दिरहरुको स्थापना गरेको छैन र भएको झिनो मन्दिरहरुको पनि पुन निमांण तथा व्यवस्थापन गरेको छैन । मठमन्दिरहरुको छानो प्वाल परेकाले पानी पनि मन्दिरभित्र नै आउने गर्छ र मन्दिरको छानोमा पनि घाँसहरु उम्रिने गर्छ । यसले गर्दा मन्दिरको सुन्दरता नै देखिदैँन ।

मन्दिर भत्किन लागेपनि त्यसको पूर्न निमाणर् वा मर्मत गरिदैँन र मन्दिरमा नयाँ रङहरु लगाएर आर्कषक पनि बनाइदैँन । सयौँ वर्षअघि सरकारले मठमन्दिर, पार्टीपौवा, तालपोखरा, ढुङ्गेधाराहरु बनाउने गथ्यो तर अहिलेको सरकारले यस्ता पूर्वाधारहरु पनि बनाउँदैन र भएकोलाई पनि पुन निर्माण गरेर संरक्षण गर्दैन ।

पहिलापहिलाका मन्दिरहरु सबै काठले बनाएको हुथ्यो जसले गर्दा त्यहाँ परेवा वा चराचुरुंगीहरु बस्न पाउन्थे र पहिलापहिला जनताहरुले बनाएको निजी घर पनि सबै ढुंगा वा माटोले बनाएर कठप्वाल बनाइने गरिन्थ्यो । जसले गर्दा त्यस्ता ठाउँहरुमा चराहरु बस्न पाउन्थे तर अहिले बनेका सबै मन्दिर तथा घरहरु सिमेन्टबाट बनेका छन् जसले गर्दा चराचुरंगीहरु बस्ने पाउँदैनन् । अब सरकारले पशुपन्छीहरुका लागि पनि व्यक्तिले बनाउने घर र मन्दिरहरुमा सबै प्वालहरु राख्नुपर्ने नियम बनाएमा पशुपन्छीहरुलाई पनि बस्ने बासस्थान हुने गर्छ ।