जलेश्वर । मधेस प्रदेशका पूर्व समाजिक विकाश राज्य मन्त्री अभिराम शर्मालाई महोतरी क्षेत्र नम्बर ३क को प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ ।

प्रदेश सांसद शर्मा अहिले पनि महोतरी क्षेत्र नम्बर ३क कै प्रदेश सांसद हुन । उनी महोतरी क्षेत्र नम्बर नं.-३ (क) मा विकास प्रेमि नेताको रुपमा समेत चिनिन्छ ।

प्रदेश सांसद शर्माले जितेको क्षेत्रको हरेक वडामा विकास गरेर चर्चा कमाएका छन ।

यस अघि विकाशको मामिलामा पछाडि परेको महोत्तरी क्षेत्र न.-३ (क) मा पूर्व राज्य मन्त्री शर्माले विभिन्न मन्त्रालाय र आफनो संसदिय विकाशको रकम लगाएर अहिले क्षेत्रको मुहार फेरेका छन ।

उनकै क्षेत्र का जनताहरुले पुनः त्यही क्षेत्रबाट चुनाब लडन दिनहु फोन गरेर र घरमै पुगेर दबाब दिन लागेको सांसद शर्माले बताए ।

युवाहरुको माझ लोकप्रिय बनेका पूर्व राज्यमन्त्री शर्मालाई युवाहरु समेत उम्मेदवारी दिन दबाब दिन थालेका छन ।

हामिले उहाँसंग जानकारी लिदा पार्टीले टिकट दिएको खण्डमा जनताको चाहाना र आवस्यकता लाई मध्य नजर गर्दै अगामि मङ्सिर ४ गते हुने निर्वाचनमा लडन तयार रहेको बताउँनुभयो ।

पूर्व मन्त्री शर्मा लोकतान्त्रीक समाजवादी पार्टी नेपाल महोतरी क्षेत्र न.-३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन ।