मधेशटप,संवाददाता । लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।‍‍‍ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० अम्मरसिंह चोक स्थित वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध सहित पक्राउ परेका छन् ।

पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला म्याग्दी धौलागिरी गा.पा. वडा नं.१ बस्ने वर्ष ३१ को नगेन्द्र थापा र जिल्ला म्याग्दी बेनी न.पा. वडा नं.७ बस्ने वर्ष २१ को सुरेश घर्ति मगरको साथबाट लागू औषध डाईजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल र नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल लागू औषध सहित फेला परेको छ।

निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कास्की जानकारी दिएका छन् ।