काठमाडौं । वयस्क चलचित्र (पोर्न) अभिनेत्री रिले रीड, ओन्लीफ्यान्समा सबैभन्दा धेरै फलो गरिएको व्यक्तित्वहरू मध्ये एक हुन् । उनले हालै अमेरिका, क्यालिफोर्नियाको पासाडेनामा झण्डै ६४ करोड रुपैयाँ (५० लाख डलर) को हवेली (ठूलो बस्ने घर) किनेकी छिन् ।

न्यूयोर्क पोस्टका अनुसार , फ्लोरिडा निवासी २९ वर्षीय रीड (वास्तविक नाम एशले म्याथ्यू) ले ३.६ एकडको ठूलो जग्गामा चार शयनकक्ष, छ बाथरूम कम्पाउन्डको लागि सो रकम पूर्ण तिरेकी हुन् । यद्यपि उनी विलासी जीवन बिताउन सक्छिन्, रीडले वेश्याको रूपमा आफूले भोगेको संघर्षको बारेमा कुरा गरेकी छिन् ।

आफ्नो युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा उनले आफ्नी आमासँग राम्रो सम्बन्ध नभएको पनि बताइन् । रीड, कसैलाई पनि अश्लील चलचित्र उद्योगमा प्रवेश नगर्न सल्लाह दिन्छिन् ।

उनका अनुसार त्यहाँ अर्थपूर्ण सम्बन्ध पाउन धेरै गाह्रो हुन्छ । रीडको नयाँ घर, जुन २०२० मा निर्माण गरिएको थियो । पहाडी स्प्रेडमा मुख्य घर, फायरप्लेससहितको पोखरी र छुट्टै गेस्ट हाउस पनि रहेको छ ।

रीडलाई पोर्नहबमा नम्बर १ पोर्न स्टारको दर्जा दिइएको छ । उनको इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्स छन् । उनले नौ एडल्ट भिडियो न्युज (एभीएन) अवार्ड (पोर्न संस्करणको ओस्कार) पनि जितेकी थिइन् ।