काठमाडौं । अष्ट्रेलियबाट नेपाल फर्किएर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेका इन्जिनियर किरण केसीको नेतृत्वमा बालाजुको माछापोखरी चोकमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार बिहान डेढ घण्टा ७ बजेबाट सुरु गरिएको सरसफाई कार्यक्रम ८ बजे सम्म चलेको थियो । सो सरसफाई कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।
सरसफाई गर्ने स्थानीय सरकारको जिम्मेवारी भए पनि आफूहरुले पनि साथ दिनुपर्ने आफ्नो मान्यता रहेको र आफूहरुले सुरुवात मात्र गरेको यो अभियान देशव्यापी जाओस् भन्ने आफ्नो कामना रहेको रहेक ठाउँका युवाहरुलाई सरसफाइ कार्यक्रमा सहभागि जनाउन अपिल गरेका छन् ।
स्थानीय सरकारले सडकको विभिन्न चोक-चोकमा कुहीने र नकुहीने फोहोर राख्ने ‘डष्टबिन’ राख्नुपर्ने उनले सरसफाइ कार्यक्रम पछि उनले मधेशटपसंग कुराकानी गर्दै बताए ।
विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम गर्दा फोहोर उठाएको बोरालाई काठमाडौं महानगरपालिकाले व्यवस्था गरिदिनु पर्ने उनको माग छ । जतातत्तै फोहोर नफाल्न नागरिकहरुसँग उनले अनुरोध समेत गरे ।
Discussion about this post