जनकपुरधाम ।   जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता नविन कुमार यादवले शहिदगेटबाट जसपाको झण्डा हटाउनेलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित निर्माण भएको शहिदगेटमा जसपाले पार्टीले झण्डाको राखेपछि सँचारकर्मी कुलदिप साहले झण्डा हटाएपछि विवाद चुलिएको छ ।

शहिदद्धारमा राखिएको शहिदहरुको प्रतीमामा जसपाको झण्डा राखेपछि शहिद कुनै पार्टीको नभएको भन्दै उनले पार्टीको झण्डा हटाएर नेपालको झण्डा लगाएपछि यस्तो चेतावनी दिएको हो ।

केही दिन अगाडी बलिदानी दिवसको अवसर पारेर त्यहाँस्थित रहेको शहिद नितु यादव, सँजय कुमार चौधरी र दिलिप यादवको शालिकस्थित जसपाका कार्यकर्ताले झण्डा लगाएपछि चौतर्फी आलोचना भएको थियो ।

त्यसपछि साहले त्यहाँबाट पार्टीको झण्डा हटाएर नेपालको झण्डा राखेका थिए । नेपालको झण्डा राखेपछि उनले चौतर्फी प्रशँसा बटुलेपनि जसपाका कार्यकर्ताहरुले भने उनलाई कारवाहीको चेतावनी दिएको हो ।

बुधबार जसपाका युवा नेता नविन यादवसहितको टोली पुनः शहिदद्धार पुगेर पार्टीको झण्डा लगाएका हुन । उनले पार्टीको झण्डासँगै नेपालको झण्डा पनि लगाएका छन् ।

उनले शहिद कुनै पार्टीको नभएपनि बलिदानी दिवसको अवसरमा गरिएको कार्यक्रमको क्रममा राखिएको पार्टीको झण्डा हटाएर समाजिक सँजालमा गलत तवरले प्रचार प्रसार गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।

उनले स्थानीय प्रशासनसँग शहिदको शालिकबाट जसपाको झण्डा हटाउने कुलदिप साहलाई पक्राउ पूर्जी जारी गर्न दबाब दिने युवा नेता यादवले बताए । उनले पुनः अवज्ञा गरे भौतिक कारवाहीको चेतावनी दिए ।

यता, पार्टीको झण्डा हटाएर नेपालको झण्डा झुण्डयाउने सँचारकर्मी समेत रहेका साहले शहिद कुनै पार्टीको, कुनै दलको नरहेको बताउँदै सो ठाउँमा नेपालकै झण्डा उपयुक्त देखिएपछि राखिएको बताए ।

उनले जसपाले यदि कारवाहीको चेतावनी दिएको छ भने शहिदहरुको सम्मानको लागि म आफैँ शहिद हुन तयार रहेको बताए । उनले भने,–“शहिदको शालिकमा कुनै पार्टीको झण्डा हुनु भएन, यदि जसपाका कार्यकर्ताहरुले आकालाई खुस पार्न यस्ता हर्कत गर्छन् भने शहिदको सम्मानको लागि अन्मित साँससम्म लडनेछु ।”

शहिदको शालिकमा कुनै राजनीतिक दलको झण्डा राखेपछि चौतर्फी आलोचना हुँदै आएको बेला जसपाका कार्यकर्ताहरुले पुनः शालिकमा जसपाको झण्डा लगाएको हो ।