काठमाडौं । काठमाडौंमा अवस्थित रहेको सेल्स एक्सप्रेस प्रा. लि कम्पनिमा कार्यरत महिलाहरुको लागि अबदेखि कामकाजमा गरिरहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने घोषणा गरेका छन् ।

निजी कम्पनी बालाजुको माछापोखरीमा रहेका छन् । महिला कामदारलाई महिनावारीको समयमा एक दिन तलब सहितको विदा दिने छु ।


एक दिन विदा दिनेगरी भनेको कुरा उक्त काम महिलामैत्री भएको भन्दै कम्पनिका व्यवासयिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले स्वागत समेत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले काठमाडौं क्षेत्र नम्बर -७ का स्वतन्त्र उम्मेदवार किरण केसीलेको खुलेरै प्रशंसा गरेका छन् ।

लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन् । नेपालले भने त्यो भन्दा अघि बढ्दै महिलाहरुलाई महिनावारी विदाको कानून ल्याउने तयारीमा लागेको हो ।