सिरहा असोज ३ गते। सिरहाको कल्याणपुरमा पनि रातीमै डोजर चलेको छ ।

कल्याणपुर नगरपालिकाको वडा न. ९ को डुमरी बजार देखी वडा न .८ अरंग जाने बाटो ला समय देखि बन्द रहेको बाटो रातारात वडा अध्यक्ष बिनोद कुमार यादवले बनाउन लागि परेका छन ।
यस्तै डुमरीकै अन्य बाटो पनि रातारात डोजरले मर्मत सम्भार भैरहेको छ ।

स्थानीयका अनुसार बिगत कैयौं बर्ष देखि कल्याणपुर नगरपालिका वडा .९ डुमरीको बजार देखि वडा न .८ अरङ्ग जाने बाटो समस्या, स्कुल बस पनि जान नसक्ने अवस्था थियोे ।

आबतजाबत समेत बन्द रहेकोले स्थानीय जनताले बारम्बार समस्या भोग्नुपरेको अवस्था थियो तर वडा अध्यक्षको सकृयताके बाटो बन्न लागेकोले स्थानीय खुशी महसुस गरेका छन ।