जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले आसन्न निर्वाचनको विषयलाई लिएर नेताहरुलाई घर घर तथा गोजीमा सबै रुपैया राखेको कारणले बैंक तथा वित्तीय सँस्थाहरुमा अहिले जर्जर अवस्थामा पुगेको बताएका छन् ।

चुनावमा खर्च गर्नका लागि नेताहरुको बैंकममा रहेको रूपैया घरेमा नै राखेको कारणले बैंकहरु अहिले ऋण दिनमा आनाकानी गरेको अवस्थामा पुगेका छन्, जस कारण आम नागरिकहरुमा अत्यावस्यक काम भन्दा सानो भन्दा सानो कामहरु पनि ठप्प भएकोले समस्या भइरहेको जनाए ।

जनकपुरधाममा आठौं शाखाको रूपमा सञ्चालनमा आएको समृद्धी फाईनान्स कम्पनी लिमिटेडले बुधबार उद्घाटन गर्दै मन्त्री यादवले चुनाव जित्नको लागि एउटा वडा अध्यक्ष ५०/५० लाख रूपैया खर्च गर्दै आएको प्रवृतिको कारण आगामी प्रदेश आ प्रतिनिधि सभाको चुनावको लागि विभिन्न दलका नेताहरुले बैंक तथा वित्तीय सँस्थासबहरुबाट रुपैया निकालेर सर्व साधारण र नागरिकको समस्या भोग्नु पर्ने बाध्य बनाएका छन् ।

आरोप लगाउदै जनताको यही समस्याको समृद्धी फाईनान्स समाधान गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशको बारेमे चर्चा गर्दै मन्त्री यादव आफै यसै प्रदेशको नामाकरण मिथिला प्रदेशको रूपमा गर्नका लागि प्रयास गर्दै हुन भइसकेकोमा मुद्दा आगामी समयमा बहुमत आउदा मधेश प्रदेशको मिथिला प्रदेश नामाकरण हुने बताए ।

कार्यक्रममा सहभागी जनकपुरधाम उपमहा नगरपालिका वडा नम्बर-१० का वडा अध्यक्ष मिथिलेश कणर् मन्त्री यादवको धरणा प्रति आपत्ती जनाए ।

अध्यक्ष कणर् चुनावमा वडा अध्यक्षहरुले ५०/५० लाख रूपैया खर्च गरेको कही मन्त्री यादवले भनेको कुरा प्रति आफनो आपत्ति रहेको बताए ।

समृद्धी फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिकाक नगर प्रमुख मनोज साह, उप प्रमुख किशोरी साह तथा विभिन्न बैंक आ वित्तीय सँस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।