जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार आउने धनुषाको तिनकौरिया बजारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एस सन्युक्त रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
हातहातमा मशाल बालेका उनीहरु राष्ट्रपति विद्या देवी भण्डारी विरुद्व नारावाजी गरेका थिए ।
केपी ओलीको ईशारामा चल्ने राष्ट्रपति विद्या भण्डारी मुर्दावाद सहितका नारा उनीहरुले लगाएका छन् । हातबाट प्रहरीले मशाल खोस्न चाहेपनि केहि वेर तनाव समेत भएको छ । मशाल जुलुसमा माओवादी केन्द्रका प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती देखिएको छ ।
शनिवार सोहि बजारमा लोसपाका सचेतक तथा सांसद उमाशंकर अरगरिया सहितकालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आउन लागेका हुन ।
मशाल जुलुस प्रदर्शनमा माओवादीका नेताहरु दिपक यादव, पुर्व मेयर उदय बरबरिया,बिदेह नगरपालिकाका प्रत्यासी मेयर राजकिशोर यादव,वाइसीएल केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज अनिल पासवान लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post