जनकपुरधाम । १९ किलो चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
धनुषाको जटही नाकाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झा रहेको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए ।
जटही नाका भएर साइकलमा सवार भइ शरीरमै चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको खडकाले बताए ।
बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए ।
पक्राउ परेका सो भारतीय नागरिकको साथबाट एक थान साइकल, मोबाइल र घडीसमेत बरामद गरिएको छ । चाँदी र पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Discussion about this post