सिरहा । सप्तरीको राजबिराजमा बढदै गरेको अत्याधिक चोरी अपराधी गतिविधिलाई नियन्त्रणको माग गर्दै सदरमुकाममा प्रदर्शन भएको छ ।

चोरी पीडित संघर्ष समिति द्वारा आज(सोमबार ) राजबिराजको मुख्य बजारमा अभियानीहरुले प्रदर्शन गरेका छन ।

सोमबार समितिले राजविराजस्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध र्‍याली नगरको विभिन्न भाग परिक्रममा गरिएको थियो ।हातमा प्ले कार्ड लिएर विभिन्न नाराहरु घन्काउदै नाराबाजी गरेका हुन् ।

जनताप्रतिको स्थानीय सरकार उत्तरदायित्व निर्वाह गर ,निर्धक व्यापार ,व्यवसायी वातावरण सिर्जना गरी चोरि घटनालाई नियन्त्रण गर ,डेंगु मलेरिया नियन्त्रण गर्नको लागि व्यवस्था गर , सिसिटिभी क्यामरा सार्वजनिक स्थलमा जडान गर , प्रहरी,प्रशासन मुर्दावाद , स्थानीय सरकार मुर्दावाद नाराहरु रहेका छन ।

अभियानका संयोजकमा सुनिता साह सदस्यहरुमा खेलानन्द दास, पार्थो सरकार , शैलेन्द्र सिंह, प्रतिमा देव, रंजित साह , दिनेश गुप्ता , गौरि शंकर प्रसाद साह ,सुनिता चौधरी लगायतका सहभागी रहेको थियोे ।