जनकपुरधाम ।ॅमिथिला थाली’ स्पेशल होटेल भिवान घटस्थापनाको अवसरमा सोमवारदेखि सञ्चालनमा आएको छ ।
जानकी मन्दिरको पूर्वी ढोकादेखि उत्तर तर्फ ३० मिटरको दुरीमा सञ्चालनमा आएको भिवान होटेलले ॅमिथिला थाली’लाई स्पेशल बनाएको छ ।
धार्मिक पर्यटकहरुलाई दृष्टिगत गरी ॅमिथिला थाली’ स्पेशल होटेल सञ्चालनमा ल्याइएको सञ्चालक दीपेन्द्र साहले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष समेत रहेका साहले मन्दिरमा आउने दर्शनार्थीहरुलाई नजिकै उनीहरुको चाहना अनुसारको ॅमिथिला भोजन’ शुलभ दरमा उपलब्ध गराउने बताएका छन् ।
दुई सय रुपैयामा मसिनो चामलको भात, दाल, करीबडी, साग, अचार, चटनी, पापड, सलाद, भुजिया, हरियो तरकारी लगायतका परिकार सहितको थाली रहेको सञ्चालक साहले जनाए ।
ॅग्राहकका रुची अनुसारको परिकार पनि उपलब्ध रहेको छ ’उनले भने, थाली बाहेकको सामग्रीको अतिरिक्त शुल्क राखिएको छ । तर बजारको भन्दा सस्तो र उच्च गुणस्तरको स्वादिलो भोजन उपलब्ध गराएको उनको दाबी छ ।
साहले बासका लागि अत्यन्त अरामदायी सुविधा भएको कोठाहरु समेत राखिएको बताए । माथिल्लो तलामा गार्डेन रेष्टुरेन्ट बनाइएको छ । ग्राहकहरुले आकर्षक फोटो सुट गर्न सक्ने र सेल्फीमा रमाउनेहरुका लागि पनि विशेष व्यवस्था गरिएको छ ।
मन्दिर दर्शन गर्न आउनेहरुले नजिकै रुचीपूणर् भोजन गर्ने सस्तो र स्तरीय भिवान होटेललाई रोज्ने विश्वास सञ्चालक साहको छ ।
Discussion about this post