काठमाडाैं । कालिमटीस्थित सङ्गम स्वीट्समा समोसा पाक्दै गरेको तेल खराब रहेको पाइएको छ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलसहितको अनुगमन टोली त्यहाँ पुग्दा सो तेलमा समोसा पाकिरहेको थियो ।

अनुगमन टोलीले तेलको गुणस्तर नरहेको पाएपछि उपमेयर डंगलले तत्काल डिस्पोज गर्न निर्देशन दिइन् । त्यस्तै अन्डर्ग्राउन्डमा रहेको किचेन नजिक दुर्गन्धित रहेको र पानी जम्ने ठाउँहरू रहेकोले सफा गर्न पनि निर्देशन दिइन् ।

महानगरको अनुगमन टोली बुधबार कालिमाटी क्षेत्रको बजार अनुगमनमा पुगेको छ । अनुगमन टोली पुगेपछि केही व्यापारीहरू पसल बन्द गरेर लुकेका थिए ।