जलेश्वर । मानसिक स्थित सुस्त भएकी एक दलित महिलालाई सौच गर्ने क्रममा कुटपिट गरिएको छ ।
जिल्लाको जलेश्वर नगरपालिका वडा नं ५ पतैली का ३५ बर्षिय दलित महिला मान्ती देवीलाई त्यही बस्ने सिकिन्द्र मंडलले निर्घात कुटपिट गरेका छन ।
हिजो राती करिब ८ बजे घर बाहिर शौच गर्न निस्केकी मान्तीलाई मंडलले शौच गरिरहेको अवस्थामा पहिला बलत्कारको प्रयास गरेको र पछि महिलाले प्रतिकार गर्दा निर्घात कुटपिट गरेको पिडित परिवारजनले जनाएको छ ।
यता महिलालाई पहिला बलत्कारको प्रयास गरिएको र प्रतिकार गर्न खोज्दा कुटपिट गरिएको जानकारी प्रहरी चौकी पर्सा पतैलीमा दिदा चौकी का इन्चार्जले वडा अध्यक्ष कृष्णमोहन शर्माको दबाबमा पिडितलाई नै थुनेर जिल्लामा पठाएको थियो ।
यता स्थानियहरुले प्रहरी विरुध आक्रोसित भएपछि प्रहरी बलत्कारको प्रयास गरेका मंडललाई समेत जिल्ला मा बुमmाएको थियो ।
प्रहरीले आरोपित मंडललाई अहिले पक्राउ गरेर अनुसन्धान गरीरहेको छ । निज आरोपित मंडल वाडाअध्यक्ष शर्माको नजिकको मान्छे रहेको बुझिएको छ ।
आरोपित मंडललाई छोडाउँन अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा वडाअध्यक्ष शर्मा सहित केही एमालेका केन्द्रीय नेताहरु, र जलेश्वरका मेयरले समेत छोडाउँन जिल्लामा दबाब बनाइरहेको स्रोतको दाबी छ ।
संघिय चुनाब नजिक आएकोले आफनो मान्छे बनाउँनका लागि नेताहरुले बलत्कारको प्रयास गर्न खोज्ने र महिलाले प्रतिकार गर्दा कुटपिट गरेको अपराधीलाई बचाउँन लागि परेको हेर्दा पिडित परिवारले न्याय पाउँछन कि पाउँदैन भनेर अन्यौल सिर्जना भएको छ ।
Discussion about this post