जनकपुरधाम, असोज २३ ।

टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेस प्रवेश गर्न लागेका छन् ।

धनुषाको ४(क)बाट प्रदेशसभामा निर्वाचन लड्ने तयारी गरेका जसपाको प्रदेश उपाध्यक्ष यादवले टिकट नपाएपछि पार्टी परित्याग गरेका हुन् । उनी नेपाली कांग्रेसमा प्रवेश गरे धनुषा ४(क)बाट उम्मेदवारी दर्ता गराउने भएका छन् ।


यादवका साथै जसपाको मधेस प्रदेश कमिटीका बजरंग यादव, डा. सत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि नेपाली काँग्रेसमा प्रवेश गर्न लागेका छन् ।

जसपाले सो क्षेत्रबाट मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई टिकट दिएको छ । २०७४ सालको निर्वाचनमा ज्ञानेन्द्र नै यस क्षेत्रबाट जीत निकालेका थिए ।