रञ्जन भण्डारी,
सुरिता साह महोत्तरीको र मधेशको राजनीतिमा चिरपरिचित नाम हो । पूर्व संघीय राज्यमन्त्री र निवर्तमान प्रदेश सांसद साहको मधेशी दलसंगको पुरानो नाता उनले तोडेकी छन् ।

हालको लोसपासंग घनिष्ट नाता उनले आइतवार उनी निर्वाचित क्षेत्रबाटै स्वतन्त्र भइ उम्मेदवारी दिएपछि स्वतः टुटेको छ ।

महोत्तरीको २ ख मा राम्रो पकड भएकि उनी गत निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजकरण प्रसाद साह सुडीसंग ८९४३ मतको मतान्तरले जिते पनि गठबन्धनको चक्रव्युमा परेर पार्टीले उनले पाउने टिकट कांग्रेसको पोल्टामा राखेपछि उनले सो निणर्य लिएको बताएकी छन् ।

पार्टीले गठबन्धन गर्नैपर्ने भए आफ्नो मजवुत र जित सुनिश्चित भएको सिट अरु दललाई दिनु कुनै आवश्यक नभए पनि नेतृत्वले गलत निणर्य गरेर आफ्नो राजनीति नै समाप्त पार्न खोजेपछि आफ्नो मतदाताको चुनाव लड्नै पर्ने बताइन ।

“क्षेत्रमा बाढी होस वा अन्य कुनै पनि समस्या पीडामा परेको जनताले खोजेको बेला सदैव हुन्छु ।”,उनी थप्छिन । उनी राजनीतिमै रहेर आफ्नो जनताको लागि अझै धेरै गर्ने धोका रहेकोले दलगत वा स्वतन्त्र जुन तरिकाले भए पनि निर्वाचन लड्ने र जितेरै देखाउने उनले वताइन ।

तर सोही क्षेत्रबाट नेपाली कांग्रेसले जिल्ला सभापति नागेश्वर यादवलाई उम्मेदवार बनाएको र अन्य उम्मेदवारसमेत मजबुत भएको सन्दर्भमा उनी त्यसले फरक नपार्ने बताएकी छन् ।

उनी भन्छन,“जनताको सेवा पहिले पनि गर्दै आएको छु र अहिले चुनाव जिते वा हारे पनि सेवा गरिनै रह्ने छु । जनताको माया म संग छ । मत पनि दिएका छन आगामी दिनमा समेत दिन्छन ।”उनको क्षेत्रबाट उनीसहित १३ जना स्वतन्त्र उम्मेदवार छन भने ७ जना दलगत उम्मेदवार छन् ।